घर भासिएका बखुण्डोलका स्थानीयलाई क्षतिपूर्ति दिनुपर्ने सांसद तोसिमा कार्कीको माग

काठमाडौँ – ललितपुर क्षेत्र नम्बर ३ की सांसद डा. तोसिमा कार्कीले अपार्टमेन्ट निर्माणका क्रममा घर भासिएका बखुण्डोलका स्थानीयलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेकी छन्।

शनिबार भासिएका घरहरुको निरीक्षण गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद कार्कीले अपार्टमेन्ट बनाउने कम्पनी र लगानीकर्ताहरुले स्थानीयलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेकी हुन्। साथै उनले दोषीमाथि कडा कारबाही गर्न पनि सरकारसँग माग गरेकी छन्।

सांसद कार्कीले सो विषयमा आफूले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँग पनि कुरा गरेको र स्थानीयलाई न्याय दिन आफू लागिपर्ने प्रतिबद्धतासमेत व्यक्त गरिन्।

उनले स्थानीयलाई भासिएको घरमा नबस्न र सुरक्षित ठाउँमा सर्न पनि आग्रह गरिन्। त्यसका लागि आफूले पनि सकेको सहयोग गर्ने उनको भनाइ थियो। ललितपुरको बखुण्डोलमा समिट अपार्टमेन्ट बनाउने क्रममा वरपरका घर भासिएका हुन्।

Share post:

Recent