मकोट – चैत १७ गतेबाट सुुरु भएको माध्यमिक शिक्षा परीक्षामा (एसईई) दुुई जोडी बाबुु छोरी र बाबुु छोराले एउटै परीक्षा केन्द्रबाट परीक्षामा सहभागिता जनाएका छन्। पचास वर्ष उमेर कटेका बुुबा भए पनि एसईई दिने उहाँहरूको चाहना भएका कारण छोरी र छोरासँगै परीक्षा दिएका हुन्।
हिमज्योति माध्यमिक विद्यालय परीक्षा केन्द्रका केन्द्राध्यक्ष जयबहादुुर शाहीले सो केन्द्रबाट सर्केगार्ड गाउँपालिका– १ को जैर गाउँका ५० वर्षका बुवा नन्दलाल बुमी र सरस्वती माविबाट नियमिततर्फ १६ वर्षकी छोरी जयलक्षमी बुमीसँगै परीक्षा दिएको बताए।
त्यसैगरी सोही गाउँपालिकाको कोट मावि रोडिकोट परीक्षा केन्द्रका केन्द्राध्यक्ष मुुमलाल आचार्य सर्केगार्ड गाउँपालिका– ५ का वर्ष ६० का मानबहादुुर शाही र १५ वर्षका छोरा यज्ञबहादुुर शाहीले एउटै परीक्षा केन्द्रबाट परीक्षा दिएको बताए।
शाही उमेर ढल्कँदो भए पनि जीवनमा एसईई उत्तीर्ण गर्ने धोको भएकाले परीक्षामा सहभागिता जनाएको बताए। धेरै पहिले उनले तत्कालीन एसएलसी हुँदा परीक्षामा सहभागिता जनाएका थिए। त्यसपछि परीक्षा दिन छाडेका शाहीले यस वर्ष छोरासँग परीक्षा दिने चाहनाअनुुसार परीक्षामा सहभागिता जनाएको बताए।