आर्थिक लेनदेनको ‘फोन टेप’ बाहिरिएपछि रास्वपा सांसद ढाकाकुमार श्रेष्ठ निलम्बित

काठाडौं– मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग आर्थिक लेनदेनको ‘फोन टेप’ बाहिरिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांसद डा. ढाकाकुमार श्रेष्ठलाई निलम्बन गरेको छ । श्रेष्ठलाई निलम्बन गरेर उनीमाथि छानिबिन अगाडि बढाउने निर्णय भएको रास्वपा महामन्त्री मुकुल ढकालले  जानकारी दिए ।

उनका अनुसार उनलाई सांसद वा पार्टी सदस्यका रूपमा कुनै पनि काम गर्न नमिल्ने गरी निलम्बन गरिएको छ । ‘हाम्रो पार्टीको अनुशासन आयोगले उहाँमाथि एक साता लगाएर अनुसन्धान गर्छ । उहाँ दोषी देखिए कारबाही गर्छौँ । हाललाई भने उहाँलाई सांसद वा पार्टी सदस्यका रूपमा कुनै पनि काम गर्न नमिल्ने गरी निलम्बन गरेका छौँ,’ महामन्त्री ढकालले भने ।

समानुपातिक पद्धतिबाट सांसद बनेका श्रेष्ठले स्वास्थ्य मन्त्री बन्ने चर्चा चलेको थियो । उनले व्यवसायी प्रसाईंसँग आफू मन्त्री भएपछि सहयोग गर्छु भन्दै दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको छ ।

Share post:

Recent