‘माग्ने बुढा’को कटाक्ष : यो दुनियाँ आखिर माग्ने नै रहेछ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक सांसद ढाकाप्रसाद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको भनिएको अडियो सार्वजनिक भएपछि यसले सामाजिक सञ्जालमा तरंग पैदा गरेको छ । अडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक टीकाटिप्पणी भइरहेको छ ।

यो चर्चाबीच माग्ने बुढा नामले चर्चित अभिनेता केदाप्रसाद घिमिरेले उक्त अडियोलाई लिएर भइरहेको चर्चाप्रति लक्षित गर्दै कटाक्ष गरेका छन् । चर्चित टिभी सिरिज ‘मेरी बास्सै’मा आफूले अभिनय गरेको माग्ने बुढाको क्यारेक्टर तस्वीर पोस्ट गर्दै उनले लेखेका छन्, ‘सबैले केही न केही मागेर छाड्छन् । यो दुनियाँ आखिर माग्ने नै रहेछ ।’

Share post:

Recent