दुई वटा संसदीय समिति सभापतिमा राप्रपाको दाबी

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई वटा संसदीय समितिको सभापतिमा दाबी गरेको छ।

संघीय संसद् सचिवालयले संसदीय समिति गठनको प्रक्रिया अगाडि बढाएसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई वटा समितिको सभापतिमा दाबी गरेको हो।

राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले आफ्नो पार्टीले दुईवटा सभापतिमा दाबी गरेको बताए। उनले दुई सभापति आफूहरुले अनिवार्य पाउनैपर्ने बताए। राप्रपा प्रतिनिधिसभाको पाँचौं ठूलो दल र दोस्रो ठूलो प्रतिपक्षी दल भएको भन्दै उनले दुई सभापति पाउनु आफूहरुको अधिकार भएको बताए।

उनले, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट दुईवटा समितिमा हाम्रो दाबी रहन्छ। हामीले दुई वटा पाउनैपर्छ। दश वटा समितिमध्ये हामीले दुई वटा पाउनु पर्छ। त्यो हाम्रो अधिकार पनि हो।’

Share post:

Recent