काठमाडौँ- कलाकार तथा निर्देशक दीपकराज गिरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति लक्षित गर्दै व्यङ्ग्य गरेका छन्।
रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँको बार्गेनिङ गरेको अडियो सार्वजनिक भएको थियो। यसै कुरालाई लिएर निर्देशक गिरीले व्यङ्ग्य गरेका हुन्।
गिरीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, जतिसुकै राम्रो कपडा पसल खोल्छु भनेपनि कपडाका थानमा दुई-चार कमसल ढाका त छिरिहाल्ने रहेछन्!’
रास्वापाले सांसद ढाकालाई निलम्बन गरिसकेको छ।
निर्देशक गिरीले समसामयिक राजनीतिक विषयमा व्यङ्ग्य गर्दै आइरहेका छन्।