एक क्विन्टल १८ केजी चरेससहित तीन जना पर्साबाट पक्राउ

वीरगञ्ज – प्रहरीले पर्साबाट एक क्विन्टल १८ केजी चरेससहित तीन जनालाई पक्राउ गरेको छ।

पटेर्वासुगौली गाउँपालिका- ५ देउरीयास्थित प्रदेशी राउतको घरमा लागुऔषध चरेश रहेको सूचनाको आधारमा प्रहरी टोलीले राउतको घर तथा टहरा खानतलासी गरेको थियो।

खानतलाशीको क्रममा घरमा लुकाइ छिपाइ राखिएको प्रतिबन्धित लागुऔषध चरेश १ क्विन्टल १८ केजी र गाँजा ४ केजी बरामद गरिएको पर्साका डिएसपी दिपक गिरीले जानकारी दिए।

चरेस र गाजा ओसारपसार तथा किन बेचमा संलग्न रहेका राउतसहित तीन जनालाई पक्राउ गरिएको उनले बताए।पक्राउ गरिएका अन्य दुई जनामा मकवानपुर रक्सिराङ्ग गाउँपालिका-८ बस्ने रमेश मोक्तान र मनहरी गाउपालिका-६ बस्ने रोशन मोक्तान रहेका छन्।

पक्राउ परेका तीनै जनाविरुद्ध लागु औषध सम्बन्धी कसुरमा थप अनुसन्धान भैरहेको डिएसपी गिरीले बताए।

Share post:

Recent