नेपालको लगातार विकेट पतन, आरिफ रनआउट हुँदा दीपेन्द्र र सन्दीप पनि ‘आउट’

काठमाडौँ – एसिसी प्रिमियर कप क्रिकेटमा नेपालले लगातार २ विकेट गुमाएको छ। आरिफ शेखलाई ३५.२ ओभरमा मिट भासर र उस्मान पटेलले आउट गर्दा अर्को बलमा उस्मानले दीपेन्द्रलाई पेभिलियन फर्काए।

दीपेन्द्रको स्थानमा क्रिजमा आएका सन्दीप लामिछाने ५ रनमा आउट भए। अहिले नेपाल ३६ ओभरको समाप्तीमा २३५ रन बनाएर खेलिरहेको छ।

अहिले क्रिजमा कप्तान रोहित पौडेल ७० रनमा नटआउट रहँदा उनलाई साथ दिन सोमपाल कामी क्रिजमा आएका छन्। त्यसअघि कुशल मल्ल ५७ रनको अवस्थामा आउट हुँदा उनले रोहितसँग चौँथो विकेटका लागि १०९ रनको साझेदारी गरेका थिए।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २३.२ ओभर बलिङ गर्दै ३ विकेट गुमाएर १ सय ४१ रन जोड्दा टियू मैदानमा वर्षा सुरू भएपछि खेल रोकिएको थियो। करिब २ ‍घण्टा  खेल रोकिएपछि पुन:सुरू भएको हो। ४२ ओभरमा घटाएर खेल भइरहेको छ।

त्यसअघि ओपनर द्वय: कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि ७७ रनको साझेदारी गरेका थिए। पहिलो विकेटका रूपमा नेपालले टिमको स्कोर ७७ रन हुँदा ओपनर भुर्तेललाई ३९ बलमा ४३ रन बनाउँदा गुमाएको नेपालले त्यसपछि थप ३ रन जोड्दा २ विकेट गुमाउन पुगेको थियो। भीम सार्कीलाई ४ बलमा १ रनको अवस्थामानै गुमाएको नेपालले अर्का ओपनर आसिफ शेखलाई तेस्रो विकेटका रुपमा ३१ रनमा गुमाउन पुग्यो।

नेपालले ८० रन बनाउँदा तीन विकेट गुमाएको थियो। कुवेतका लागि एडनन इद्रेसले २ विकेट लिँदा मोहमेद अस्लामले १ विकेट लिए।

Share post:

Recent