ओमानलाई हराउँदै यूएई फाइनलमा, नेपालसित उपाधि भिडन्त

काठमाडौं । ओमानमाथि डकवर्थ लुइस पद्दतिअनुसार दुई रनको जित निकाल्दै युनाइटेड अरब इमिरेट्स (यूएई) एसीसी प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ ।

शनिबार मूलपानी क्रिकेट मैदानमा टस हारेपछि पहिले ब्याटिङमा उत्रिएको यूएईले ४९.२ ओभरमा सबै विकेट गुमाएर २३६ रन बनाएको थियो । जवाफमा ओमानले ४३ ओभरमा ६ विकेट गुमाएर १९० रन बनाउँदा वर्षा भएपछि खेल रोकिएको थियो । त्यसपछि खेल सुरु हुन नसक्दा यूएई डीएल पद्दतिअनुसार दुई रनले विजयी भएको हो ।

जितसँगै यूएईले अब उपाधिका लागि नेपालसँग खेल्ने भएको छ । शनिबारै भएको अर्को सेमिफाइनल खेल वर्षाका कारण रद्द भएपछि समूह चरणको नतिजाका आधारमा नेपाल फाइनलमा प्रवेश गरेको हो । प्रतियोगिताको फाइनल खेल आउँदो सोमबार हुनेछ ।

कुवेत र ओमानले आइतबार (भोलि) तेस्रो स्थानका लागि खेल्नेछन् ।

Share post:

Recent