बालेनलाई सुकुम्बासीको ध्यानाकर्षण पत्रः वैकल्पिक आवासको व्यवस्था गरेर मात्रै बस्ती हटाइयोस्

काठमाडौँ – वैकल्पिक व्यवस्था गरेर मात्रै आफूहरुलाई हटाउन भूमिहीन सुकुम्बासीहरुले काठमाडौँ महानगरपालिकासँग आग्रह गरेका छन्।

काठमाडौँ महानगरपालिकाका भूमिहीन, सुकुम्बासीहरुले शनिबार काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई ध्यानाकर्षणपत्र लेख्दै आफूहरुको लगत संकलन तथा वैकल्पिक आवासको व्यवस्था गरेर मात्रै हटाउने योजना कार्यान्वयन गर्न आग्रह गरेका हुन्।

भूमिसम्बन्धी ऐन र नियमावलीअन्तर्गत सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको पहिचान तथा लगत संकलन एवं वैकल्पिक आवासको सुनिश्चितता गरेपश्चात मात्रै बस्ती हटाउने योजना कार्यान्वयन गर्नुपर्ने उनीहरुको माग छ।

Share post:

Recent