प्रचण्ड र रविको भेटवार्तामा के भयो कुराकानी?

काठमाडौँ–प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपाका’ सभापति रवि लामिछानेबीच आइतबार बिहान भेटवार्ता भएको छ। उनीहरुबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेट भएको हो।

भेटमा प्रधानमन्त्री प्रचण्डले लामिछानेलाई उपनिर्वाचनमा अत्यधिक मतान्तरले निर्वाचित भएकोमा बधाई दिएका छन्। उनीहरूबीच अन्य राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

रास्वपालाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री प्रचण्डले पहल गरिरहेको बेला भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ। सरकारमा सहभागी हुने नहुनेबारे निर्णय लिन रास्वपाको रास्वपाको केन्द्रीय समितिको बैठक बस्दैछ।

रास्वपाको केन्द्रीय समितिको बैठक सोमबार बिहान ११ बजे बस्दै छ । बैठकमा समसामयिक एजेण्डामा छलफल हुने रास्वपाले जनाएको छ।

Share post:

Recent