सार्वजनिक जग्गा हडपेर बनाइएको गौशालामा जितपुर सिमराले चलायो डोजर

वीरगञ्ज – बाराको जितपुर सिमरा उपमहानगरपालिकामा लामो समयदेखि सार्वजनिक जग्गा हडपेर बनाइएको गौशालामा उपमहानगरपालिकाले डोजर लगाएर खाली गराएको छ।

उपमहानगरपालिकाले आइतबार सार्वजनिक जग्गा हडपेर बनाइएका गौशालाको भवन डोजर लगाएर भत्काएको हो।

उपमहानगरका मेयरसहित गौशालाको टोलीले गौशालामा बनाइएको सटरमा समेत डोजर लगाएर कोठा खाली गराएको हो।

जग्गा खाली गराउन गएको मेयरसहितको टोली र गौशालामा बनाइएको सटरको भाडा उठाइरहेकाहरूबीच केहीबेर तनाव भए पनि डोजर लगाएर संरचना भत्काइएको हो।

आइतबार १५ वटा सटर र केही होटल तथा कच्ची संरचना डोजर लगाएर भत्काइएको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले जानकारी दिए।

सार्वजनिक जग्गा हडपेर बनाइएको गौशालामा जितपुर सिमराले चलायो डोजर

तीन बिघा सार्वजनिक जग्गा हडपेर २८ वर्षदेखि त्यहाँ वीरगञ्ज जितपुर गौशाला सञ्चालन हुँदै आएको थियो। ०५२ सालमा ‘वीरगञ्ज जितपुर गौशाला’ नामको एक गैरसरकारी संस्था दर्ता गरेर जितपुरको मुख्य बजारको करिब एक बिघा सार्वजनिक जग्गा भोगचलन हुँदै आएको थियो।

भूमिसुधार लागू भएपछि ०२२ सालमा जितपुरको जग्गा नापी गराएर जितपुर गौशालाका नाममा फिल्डबुक तयार भएको थियो।

सोही फिल्डबुकको आधारमा ०३६ सालमा तत्कालीन प्रधानपञ्चको कार्यालयबाट सिफारिस लिएर जितपुर गौशालाका नाममा लालपुर्जा कायम भएको थियो।

सार्वजनिक जग्गा हडपेर बनाइएको गौशालामा जितपुर सिमराले चलायो डोजर

यसअघि जिल्ला प्रशासन कार्यालयले समेत उक्त सार्वजनिक जग्गा खाली गराउने विषयमा शान्ति सुरक्षाको माग गर्दा उल्टै मिलापत्र गर्न दबाब दिएको मेयर राजन पौडेलले बताए।

उनले जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालत हुँदै सर्वोच्च अदालतको २०७९ जेठ २३ को पूर्ण इजलासबाट वीरगञ्ज जितपुर गौशाला नामको गैरसरकारी संस्था वा व्यक्ति विशेषको नहुने फैसला भएकाले उक्त जग्गा सार्वजनिक कायम भई नगरपालिका मातहत आएको बताए।

Share post:

Recent