पूर्वराजालाई लक्षित गर्दै ओलीले भने- अनुकूल परिस्थिति आयो कि भनेर हेर्न थालेका छन्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताले पाएका उपलब्धिका विरूद्ध चौतर्फी ढंगबाट अनेक तत्वहरू सलबलाउन थालेको बताएका छन्।

जिफन्टले सोमबार काठमाडौंको भृकुटीमण्डपमा गरेको कार्यक्रममा बोल्दै ओलीले अनेक प्रकारका तत्वहरू सलबलाउन थालेको बताए।

‘अहिले चौतर्फी ढंगले अनेक प्रकारका तत्वहरू लोकतन्त्रका विरूद्ध, जनताले पाएका उपलब्धिहरूका विरूद्ध सक्रिय भएर सलबलाउन थालेका छन्,’ ओलीले भने।

पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै ओलीले अनुकूल समय हेरेर बसेकोसमेत आरोप लगाएका छन्।

‘कोहीकोही दुलाबाट फुत्त निस्केलान् कि जस्तो गरेर, मुसोले यसो बिरालो छ कि छैन भनेर दुलोबाट हेर्छ नि, अनुकूल परिस्थिति आयो कि आएन भनेर यसो हेर्न थालेका छन्,’ उनले भने, ‘नेपाली जनता सजक हुनुपर्दछ।’

Share post:

Recent