लामिछाने फेरि बने संसदीय दलको नेता

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतामा सभापति रवि लामिछाने फेरि चयन भएका छन्।

सोमबार बसेको संसदीय दलको बैठकले सर्वसहमत रुपमा लामिछानेलाई दलको नेता चयन गरेको हो।

माघ १३ गते सर्वोच्चले सांसद पद खारेज गरेपछि वैशाख १० गते भएको उपचुनावबाट उनी फेरि निर्वाचित भएका थिए।

तीन महिनाको अन्तरालमा लामिछाने दोस्रोपटक दलको नेता चयन भएका हुन्।

Share post:

Recent