बधाई दिँदै रवि भन्छन्-‘अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि नेपाल उपयुक्त स्थल हुनसक्छ’

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाली एसिसी प्रिमियर कप जितेको नेपाली क्रिकेट टिमलाई बधाई दिएका छन्।

मंगलबार टियु मैदानमा भएको प्रतियोगीतामा उक्त कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट भएको छ।

नेपालले युनाइेटड अरब इमिरेट (युएई)लाई सात विकेटले पराजित गरेसँगै नेपालले आगामी सेप्टेम्बरमा हुने एसिया कपमा स्थान पक्का गरेको हो।

फेसबुक स्टाटसमार्फत सुभकामना दिँदै लामिछानेले नेपाल अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि उपयुक्त स्थल हुनसक्ने बताएका छन्।

रविले भनेका छन्, ‘खेलाडिहरूको आजको प्रदर्शनले नेपालको इज्जत बढाएको छ। अबको जिम्मेवारी नेपाल सरकारको। हामीले एसीसी प्रिमियर कपको उपाधि जितेका छौँ। एसिया कप कहाँ हुने भन्ने अन्योल देखिएको प्रसङ्गमा एसिया कपका समूह चरणका खेलहरू नेपालमा गराउन नेपाल सरकारको उच्चस्तरीय संयन्त्रबाट प्रतिस्पर्धी मुलुकहरू र आइसिसीसँग आजैदेखि पहल थालियोस्।’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अब हुने भनिएको भारत भ्रमणमा पनि उक्त एजेन्डा सामेल गर्न लामिछानेले आग्रह गरेका छन्।

Share post:

Recent