डाटा मेटिएपछि लोक सेवा आयोगबाट पुनः दरखास्त आह्वान, शुल्क तिर्न नपर्ने

२० वैशाख, काठमाडौं । उम्मेदवारहरुको डाटा हराएपछि लोक सेवा आयोगले पुनः दरखास्त आह्वान गरेको छ । आयोगले २०७९ साल मंसिर, पुस र माघ महिनामा प्रकाशित विज्ञापनहरुमा दरखास्त दिइसकेका उम्मेदवारहरुलाई पुनः दरखास्त दिन आह्वान गरेको हो ।

सम्बन्धित उम्मेदवारहरुले जेठ १८ गतेभित्र पुनः दरखास्त पेश गरिसक्नुपर्ने र पुनः दरखास्त दिँदा शुल्क तिर्न नपर्ने लोक सेवा आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिए ।

Share post:

Recent