सामाजिक न्याय, सुशासन र समृद्धि सरकारको प्राथमिकता: प्रधानमन्त्री दाहाल

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र संविधानको कार्यान्वयनमा दृढतापूर्वक अगाडि बढिरहेको बताएका छन्।

किराँतहरूको महान् पर्व उभौलीको अवसरमा आज शुभकामना दिँदै उनले संविधानमा सबै वर्ग, जाति, क्षेत्र, लिंग र समुदायको पहिचान र अधिकारको संवैधानिक व्यवस्था रहेकाले सोही व्यवस्था भएबमोजिमका अधिकारको प्रगतिशील कार्यान्यवन आजको मुख्य दायित्व भएको जनाएका हुन्।

Share post:

Recent