सरकारबारे रास्वपाले आज औपचारिक निर्णय गर्दै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपाले)सरकारलाई दिएको समर्थन कायम राख्ने वा नराख्ने भन्ने विषयमा शुक्रबार निर्णय गर्दैछ। त्यसका लागि आज केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाइएको छ। सरकारबारे निर्णय गर्न साँझ ५ बजे बैठक बस्ने रास्वपाका एक नेताले जानकारी दिए।

पार्टीभित्र सरकारमा जान नहुने मत बढि छ। यसअर्थ पनि रास्वपा सरकारमा नजाने संभावना धेरै छ। रास्वपाले शुक्रबार छलफल गरेर औपचारिक निर्णय लिदैछ। नागरिकता विवादमा पार्टी सभापति रवि लामिछानेको सांसद पद गुमेपछि रास्वपाका मन्त्रीहरु सरकारबाट बाहिरिएका थिए। मन्त्रीहरु बाहिरिएपनि सरकारलाई दिएको समर्थन भने कायमै राखेको थियो।

Share post:

Recent