३३ वर्षपछि नापोलीले जित्यो सिरी ‘ए’को उपाधि

काठमाडौँ – इटालियन क्लब नापोलीले ३३ वर्षपछि इटालियन सिरि ‘ए’को उपाधि जितेको छ। उपाधिसँगै नेप्लेस सहर खुसीमा झुमेको छ।

यसअघि नापोलीले डियोगो म्यारोडोना प्रेरित समयमा १९९० मा सिरी ‘ए’को उपाधि पछिल्लो पटक जितेको थियो। त्यसको ३ वर्षअघिपनि नापोली च्याम्पियन बनेको थियो। तर त्यसपछि भने नापोली समर्थकले उपाधिको प्रतिक्षामा दशकौँ बिताउनु पर्यो।

बिहीबार राति उडिनेससँग १-१ गोलको बराबरी खेल्दै नापोली ५ खेल बाँकी छँदै सिरी ‘ए’ को च्याम्पियन बन्न सफल भयो। दोस्रो स्थानको लाजियोमाथि १६ अंकको अग्रता लिएर नेपोलीले तेस्रो पटक सिरी ए च्याम्पियन बन्न सफल भएको हो। अहिले नापोली स्टेडियमको नाम नै डिएगो अर्मान्डो म्याराडोना स्टेडियम राखिएको छ।

Share post:

Recent