यो हो संसारकै ठूलो केरा ? एउटै कोसाको वजन ३ केजी (फोटोफिचर)

तपाईंले केरा त दिनहुँ खुबै खानुहुन्छ होला । बाह्रै महिना बजारमा पाइने केरा फाइबरले भरिपूर्ण फलमात्र होइन विभिन्न पोषक तत्वहरुले युक्त गुणकारी फल हो । केरा विश्वका १५० भन्दा बढी देशमा फलाइन्छ र यसका १ हजार भन्दा धेरै जात छन् ।

केराका यी अनेक प्रकारमध्ये पपुवा न्युगिनीमा पाइने एउटा केराचाहिं विशेष छ । यो विश्वमै सबैभन्दा ठूलो कोसा भएको केरा हो । यो केरा मुसा इंगेन्स प्रजातिको केरा हो । यसमा एउटा कोसाको तौल डेढदेखि तीन केजीसम्म हुन्छ भने ३० सेन्टिमिटर सम्म लामो हुन्छ । अर्थात् यो केराको एउटा कोसाको वजन तथा आकार नवजात शिशुको जत्रै हुन्छ ।

Share post:

Recent