नेपाली नागरिकता लिएका १० जना भारतीय नागरिक पक्राउ

काठमाडौं, २४ वैशाख । नक्कली कागजात पेश गरेर नेपाली नागरिकता लिने १० जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आज आइतबार पत्रकार सम्मेलन गर्दै काठमाडौंको विभिन्न स्थानमा व्यापार व्यवसाय गर्दै आएका १० जना भारतीय नागरिकलाई नेपाली नागरिकतासहित पक्राउ गरि सार्वजनिक गरेको हो ।

एकै घर परिवारका बाबु, छोरालगायतले विभिन्न स्थानबाट नेपाली नागरिकता लिएको देखिएको प्रहरीले जनाएको छ ।

Share post:

Recent