काठमाडौं, २४ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीलाई पार्टीले आयोजना गरेको कार्यक्रममा बोल्न नदिएको भन्दै उनका समर्थकहरुले विरोध जनाएका छन् ।
आज आइतबार राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले काठमाडौंको प्रज्ञा भवनमा आयोजना गरेको एकताको प्रथम महाधिवेशन उद्घाटनमा शाहीलाई बोल्न नदिएको भन्दै समर्थकहरुले विरोध जनाएका हुन् ।
कार्यक्रमका दौरान शाहीलाई मञ्चमा बोल्न नबोलाएको भन्दै सहभागीहरुले होहल्लासहित नाराबाजी गरेका थिए । उनीहरुले आफूहरू ज्ञानेन्द्र शाहीको भाषण सुन्न आएको बताइरहेका थिए ।
नाराबाजीपछि पनि शाहीले बोल्न नपाएपछि कार्यक्रमको अन्त्यसम्म पनि उनीहरु आक्रोशित भएका थिए । यता शाहीले पनि आफूलाई बोल्न नदिएको बताएका छन् ।
राप्रपालाई युवामा रुपान्तरण गर्नुपर्छ भन्दै आएको तर युवाहरुलाई नै निषेध गर्न खोजेको उनको आरोप छ ।