महानगरसँग हिजो दूरसञ्चार प्राधिकरण, इन्टरनेट सेवाप्रदायक कम्पनीका प्रतिनिधिबीच भएको छलफलअनुसार तार व्यवस्थित गराउन लागिएको हो।
नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले तार व्यवस्थित गर्ने अभियान थालेका हुन्।
आज बिहानबाट माइतीघर मण्डलाबाट तार व्यवस्थापन सुरु गरिएकाे हाे।
तार व्यवस्थापन कार्यको शुभारम्भपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा काठमाडौँ महानगरपालिकाका महागरीय प्रहरी निरीक्षक ईश्वर वाग्लेले सम्बन्धित सबै पक्षहरुसँगको छलफलपछि समन्वयमा नै अव्यवस्थित तार हटाउन सुरु गरिएको र यो अभियान काठमाडौँभरका अव्यवस्थित तार नहटाएसम्म जारी रहने उल्लेख गरे।
उनले अव्यवस्थित तारका कारण कतिपय दुर्घटना निम्तिरहेको र त्यसलाई कम गर्नका लागि पनि यसले महत्त्वपूर्ण भूमिका खेल्ने बताए।
आजै बिहान दूरसञ्चार प्राधिकरणले सूचना जारी गरी तार हटाउन लागिएको जनाएकाे थियाे।