२६ वैशाख, जकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका-४ स्थित शिवशक्ति माध्यमिक नमूना विद्यालयका अनुदान र निजी स्रोतका शिक्षक-कर्मचारी आन्दोलित भएका छन् ।
आर्थिक वर्ष २०७८/०७९ देखि हालसम्मका तलब नपाएको भन्दै शिक्षक-कर्मचारीहरू आन्दोलनमा उत्रेका हुन् ।
पठनपाठन ठप्प गर्दै शिक्षक र कर्मचारीहरु विद्यालयमै वैशाख २४ गतेदेखि अनिश्चितकालीन धर्ना बसेका छन् । यसअघि पहिलो चरणमा उनीहरुले वैशाख १९ देखि २१ गतेसम्म हातमा कालोपट्टी बाँधेर पठनपाठन गराएका थिए । शिक्षकहरुको आन्दोलनले पठनपाठन प्रभावित भएको छ ।
पटक-पटक तलबभत्ता माग गर्दा विद्यालय प्रशासले आलटाल गरिरहेको उनीहरुको गुनासो छ । लामो समयदेखि तलब नपाउँदा साधारण जीवनयापनमा समस्या भएको उनीहरू बताउँछन् ।