२७ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार राम्रो काममात्र गर्ने गरी अगाडि बढिरहेको बताएका छन् ।
कम्युनिस्ट नेता निर्मल लामाको स्मृतिमा आयोजित कार्यक्रममा उनले भने, ‘मैले प्रधानमन्त्रीको हैसियतमा हाम्रो मन्त्रिमण्डलले सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रालाई नयाँ ढंगले सुरु गर्ने भन्ने अठोटका साथ अगाडि छौं । यहाँहरुले देख्नुभएको छ । सरकारले सानादेखि ठूलासम्म राम्रा काम गर्ने, राम्राबाहेक नराम्रो गर्दै नगर्ने भनेर लागेका छौं ।’