तनावमा पाकिस्तान : इमरान खान पक्राउपछि चर्को झडप, ८ जनाले गुमाइसके ज्यान

पूर्व प्रधानमन्त्री इमरान खान पक्राउ परेपछि पाकिस्तानमा अवस्था तनावग्रस्त बनेको छ। प्रहरी र खान समर्थकहरुबिच झडप हुँदा हालसम्म कम्तीमा आठ जनाको मृत्यु भएको छ भने २९० जना घाइते भएको डनले उल्लेख गरेको छ।

प्रहरीले १ हजार ९०० भन्दा बढी आक्रोशित प्रदर्शनकारीहरूलाई पक्राउ गरेको छ। इस्लामावादको ‘एकाउन्टेबिलिटी कोर्ट’ले बुधवार आठ दिनको लागि खानको हिरासत ‘नेशनल एकाउन्टेबिलिटी ब्युरो’लाई सुम्पिएको छ। खानको स्वामित्वमा रहेको अल-कादिर ट्रस्टले सरकारी जग्गा बिक्री गरेको अभियोगमा उनलाई पक्राउ गरिएको हो

पीटीआईका अध्यक्ष समेत रहेका खानको गिरफ्तारीपछि हिंसात्मक प्रदर्शन सुरु भएको थियो। प्रहरी र पीटीआई समर्थकहरू बिचको रक्तपातपूर्ण झडपको नजितास्वरुप प्रहरी चौकीसहित धेरै सरकारी भवनहरूमा क्षति पुगेको छ।

Share post:

Recent