भुटानी शरणार्थी प्रकरणलाई टुंगोमा पुर्‍याउन प्रचण्डसँग राप्रपाको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री पुष्षकमल दाहाल प्रचण्ड’लाई भ्रष्टचारीहरूलाई कानुनको दायरामा ल्याउने विषय राम्रो भएको भन्दै यसलाई टुंगोमा पुर्याउन आग्रह गरेको छ । पार्टीले शुक्रबार ज्ञापनपत्र बुझाउँदै नक्कली भुटानी शरणार्थीको प्रकरणमा मुछिएका जो कोहीलाई कारबाही गर्न अनुरोध गरेको महामन्त्री धवलशमशेर जबराले जानकारी दिए ।

“सदन, सडक दुवैतिर दबाब बढेको छ । जनताले हेरिरहेका छन् त्यसकारण खुट्टा नकमाउनुहोला, राप्रपा तपाईंको साथमा छ भनेर आएका छौँ,” महामन्त्री जबराले भने ।

जवाफमा प्रचण्डले आफू यो प्रकृयाबाट अलिकति पनि पछि नहट्ने बताएको उनले जानकारी दिए । अन्तराष्ट्रिय समुदायले पनि हेरिरहेको भन्दै आफू कुनै प्रभाव र दबावमा नपर्ने प्रचण्डले बताएका थिए ।

“म पछि हट्न सक्दिन । यो विषयमा देश/विदेशबाट नियालिरहेका छन् भन्नु भयो, प्रचण्डको भनाई उधृत गर्दै जबराले भने ।

Share post:

Recent