काठमाडौं, ३० वैशाख । देशमा स्थानीय वायुको सामान्य प्रभाव रहेकाले विभिन्न तीन प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शनिबार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने रही तीनै प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।
बाँकी प्रदेशमा सामान्यतया मौसम सफा रहने छ । तर,मधेश प्रदेशका थोरै स्थानहरुमा हावाहुरीको सम्भावना रहेकोले सर्तकता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
आज राती देशभरको मौसम सामान्यतया सफा रहने छ ।