देउवाको डर

२९ वैशाख, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेको तीन दिन भयो । पार्टी पदाधिकारीहरुकै चर्को दबावका बीच सभापति शेरबहादुर देउवाले न खाँणलाई निलम्बन गरेका छन्, न यसबारे छलफल गर्न पार्टी बैठक बोलाएका छन् ।

बुधबार र बिहीबार बसेको पदाधिकारीहरुको बैठकमा खाँणलाई निलम्बन गर्नुपर्ने माग पदाधिकारीहरुले नै गरेका थिए । महामन्त्री गगनकुमार थापाले त पार्टीको बैठक बोलाउनुपर्ने, नभए देउवाले सार्वजनिक रुपमा बोल्नुपर्ने बताएका थिए ।

Share post:

Recent