प्रचण्ड र अष्ट्रेलियाली सहायक विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका अष्ट्रेलियाली सहायक विदेशमन्त्री टिम वाट्सले भेटवार्ता गरेका छन्।

बुधबार बिहान  बालुवाटार निवासमा भएको प्रचण्डले नेपालको विकास र समृद्धिमा अष्ट्रेलियाली सरकार र जनताको सहयोगको निरन्तरताको अपेक्षा गरे। उनले अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीको अवस्था र समस्याबारे चासो राखे। प्रचण्डले अष्ट्रेलियाका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो पनि दिए।

अष्ट्रेलियाली मन्त्री वाट्सले अष्ट्रेलियामा नेपालीले राम्रो प्रभाव पारेको भन्दै उनीहरूको प्रशंसा गरे। उनले नेपालको विकास र समृद्धिको अभियानमा अष्ट्रेलियाली सरकार र जनताको सहयोगको सहयोग निरन्तर रहने विश्वास दिलाए।

Share post:

Recent