सोफेस राष्ट्रिय अन्तरविद्यालय टेबलटेनिस सुरु

काठमाडौं । शारीरिक शिक्षा तथा खेलकुद समाज (सोफेस) नेपालको आयोजनामा नवौं राष्ट्रिय अन्तरविद्यालय टेबलटेनिस प्रतियोगिता बिहीबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ ।

पहिलो दिन ब्वाइज टिम इभेन्टमा भासरा, न्यू होराइजन, बुटवल, मोर्डन इन्डियन स्कुल (एमआईएस) र गार्गी एकेडेमी, बुटवल सेमिफाइनलमा पुगेका छन् । यसै स्पर्धाको महिलामा आदर्श विद्या मन्दिर (एभीएम), भासरा, स्वस्तिश्री गुरुकुल र प्रभातले सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए । १९० ब्वाइज तथा ८० गर्ल्स गरी जम्मा २७० खेलाडी सहभागी प्रतियोगितामा ब्वाइज/गर्ल्स सिंगल्स र डबल्स गरी चार स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ ।

डल्लुस्थित स्वर्णिम स्कुलको संयोजन तथा कन्सेप्ट मेकर्जको व्यवस्थापनमा भइरहेको प्रतियोगिताको सिंगल्समा पहिलो हुनेले १५ हजार, दोश्रोले सात हजार ५०० र तेश्रोले तीन/तीन हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिता शुक्रबार सम्पन्न हुनेछ ।

Share post:

Recent