काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको समृद्धिमा सहकार्यका लागि छिमेकी देशसहित मित्र राष्ट्रहरुलाई आह्वान गरेका छन् ।
सरकारको नीति तथा कार्यक्रम संघीय संसदका संयुक्त सदनमार्फत सार्वजनिक गरेका राष्ट्रपति पौडेलले अन्तमा देशको समृद्धिमा सहकायृका लागि आह्वान गरेका हुन् ।
राजनीतिक दल, राष्ट्रसेवक कर्मचारी, किशान, उद्योगी व्यवसायी, नागरिक समुदाय तथा संचारकर्मीलाई धन्यवाद दिएका राष्ट्रपति पौडेलले विकास साझेदारहरुलाई धन्यवाद दिँदै निरन्तर सहकर्याका आह्वान गरेका हुन् ।
“नेपालको समृद्धि र विकासमा सहयोग गर्ने छिमेकीसहित सबै मित्रराष्ट्र र गैरआवासीय प्रतिनिधिलाई धन्यवादसहित सहकर्यका लागि आह्वान गर्दछु,” राष्ट्रपति पौडेलले भनेका छन् ।