काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री सुदन किराती र नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ ।
भेटवार्तामा युरोपेली युनियनद्वारा नेपालको आकाशलाई कालोसूचीबाट हटाएर सिधा उडान गर्न पहल गर्नेबारे छलफल भएको पर्यटनमन्त्री किरातीले जानकारी दिए ।
साथै, भूतपूर्व गोर्खा सैनिकको समस्या दुई देशबीचको साझा सवाल भएकाले स्थायी समाधानका लागि यथाशिघ्र पहल गर्नेबारे पनि छलफल भएको मन्त्री किरातीले बताएका छन् ।
युरोपेली आयोगले २०७० साल मंसिरमा नेपालमा उडान गरिरहेका सम्पूर्ण नेपाली विमान कम्पनीलाई युरोपेली युनियन आबद्ध देशहरूमा उडान गर्न निषेध गर्ने निर्णय गरेको थियो।