सीतारामका नामले जेल बसेका सन्तकुमार ७ वर्षपछि निर्दोष सावित, व्यवसायमै फर्किए

६ जेठ, धनगढी । कैलालीको भजनी नगरपालिका-६ को नवलपुरका सन्तकुुमार चौधरी ७ वर्षको काराबासपछि पुरानै पेसा, व्यवसायमा फर्किएका छन् ।

गाउँघरमा सीतारामको नामले परिचित सन्तकुमारलाई २०७२ सालमा भएको टीकापुर घटनामा संलग्न भएको अभियोगमा प्रहरीले पक्राउ गरेको थियो ।

वास्तविक नाम सन्तकुमार भए पनि प्रहरीले उनलाई बिद्रोह भनिने सीताराम चौधरीको नामबाट पक्राउ गरेर मुद्दा चलाएको थियो ।

हुुनत सन्तकुमार चौधरीको नाममा पनि मुद्दा चलाइएको थियो तर सन्तकुमारलाई फरारको सूचीमा राखिएको थियो ।

जिल्ला अदालत कैलालीले २०७५ फागुन २२ गते टीकापुर घटनासम्बन्धी मुद्दामा फैसला गर्दै सन्तकुमारलाई जन्मकैदको फैसला सुनायो ।

उनी जिल्लाको फैसला बदर गर्न माग गर्दै उच्च अदालत दिपायल पुगे तर उच्च अदालतले पनि जिल्लाकै फैसला सदर गरिदिएपछि कारागार बस्नुपर्ने बाहेक विकल्प उनीसँग रहेन ।

‘म पहिलेदेखि गाउँमा होटल र मासु पसल चलाउदथें । घटना भएको दिनबंगुर काटेर मासु बिक्रिगर्न टीकापुर गएको थिए,’ चौधरीले सँग भने, ‘तर आफ्नो कामले टीकापुर गएको मलाई प्रहरीले पक्राउ गरेर मुद्दा चलायो । अनाहकमा ७ वर्ष जेल बस्नुर्‍यो। ढिलै भए पनि सर्वोच्चबाट न्याय पाएँ । खुसी छु ।’

Share post:

Recent