रुकुम पूर्वलाई केन्द्रविन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प

काठमाडौं । रुकुम पूर्वलाई केन्द्रविन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार बिहान ३ बजेको समयमा भूकम्प गएको हो ।

लुम्बिनी र कर्णाली प्रदेशका भूभागमा उक्त भूकम्पको धक्का महसुस गरिएको छ ।

यसअघि, बाजुरा जिल्लाको विछिया केन्द्रविन्दु भएर गत वैशाख २१ गते चार दशमलव एक म्याग्निच्युडको भूकम्प गएको थियो । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ ।

Share post:

Recent