प्रशासनले रोकिदियो ‘भाइरल ज्योतिष’ केसीको सर्वसाधारण भेट्ने कार्यक्रम

दाङ – हेरेकै भरमा बिरामी निको पारिदिने भन्दै सामाजिक सञ्जाल भाइरल बनेका ज्योतिष सिमान्त केसीको तुलसीपुरमा सर्वसाधारणसँग भेट्न आयोजना गरेको कार्यक्रम स्थानीय प्रशासनले रोकिदिएको छ।

ज्योतिष केसीले तुलसीपुर उपमहानगरपालिका- ६ स्थित त्रिशेद्धेश्वरी मन्दिरमा सर्वसाधारणलाई भेट्ने कार्यक्रम आयोजना गरेका थिए।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जिल्ला प्रशासनबाट कार्यक्रम गर्न रोक लगाउन आदेश भए अनुसार कार्यक्रम रोकिएको जानकारी दिए।

दाङका प्रमुख जिल्ला अधिकारी सुशिल बैद्यले उपचार गराउने बाहानामा मन्दिर जस्तो पवित्र सार्वजनिक स्थलमा गरिएको भीडभाडयुक्त कार्यक्रम रोक्नु परेको बताए।

केसीको काठमाडौँको तार्केश्वर नगरपालिका- ७ स्थित ज्योतिष केन्द्रपनि यसअघि भीडभाड बढेको भन्दै बन्द गराइ सकेको छ। त्यसपछि उनी दाङ आएका थिए। जहाँ उनी एउटा घर भाडामा लिएर बस्दै आएका थिए।

अलौकिक मनोवैज्ञानिक क्षमताका ज्योतिष भएको दाबी गर्ने केसी आएको खबर फैलिए लगतै मानिसहरू बिहानै मन्दिर परिशरमा लाइनमा बसेका छन्।

ज्योतिषलाई भेट्न बिहानैदेखि लाइनमा बसेका सर्वसाधारण।

सोही स्थानमा भेटिएका एक जना पुरुषले भने यो सबै ढोंङ मात्रै भएको तथा उपचारको बाहाना ठगी धन्दा चलाइएको हुँदा ज्योतिष केसीमाथि कारबाही हुनुपर्ने माग गरेका थिए। ‍तर, त्यहाँ लाइनमा बसेका अधिकांशले भने ज्योतिष केसीलाई भगवनाको संज्ञा दिँदै उपचारका लागि आफूहरू आएको प्रतिक्रिया दिएका थिए‍।

समाजिक सञ्जालहरूमा आफूले देखेर आएको उनीहरूको प्रतिक्रिया थियो।

Share post:

Recent