मनोहरा क्षेत्रको अतिक्रमित संरचनामा महानगरको डोजर

९ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले मनोहरा जग्गा एकीकरणमा रहेका अनाधिकृत संरचना हटाएको छ ।

जग्गा एकीकरणमा निर्माण भएका ६ वटा घर टहरा हटाएको महानगर प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए ।

अर्यालका अनुसार एकीकरण अन्तर्गतको सडकको फुटपाथमा अतिक्रमण गरेर बनाएका भर्‍याङ, पेटी लगायत संरचना पनि महानगरले हटाएको छ ।

Share post:

Recent