१७० सदस्यीय परिवारलाई भेटे विक्की र साराले

बलिउड अभिनेता विक्की कौशल र सारा अली खान फिल्म ‘जरा हटके जरा बचके’ को प्रमोशनमा व्यस्त छन्।

यसैबीच उनीहरूले राजस्थानको सबैभन्दा ठूलो परिवारसँग समय बिताएका छन्। उक्त परिवारमा १७० जना सदस्य छन्।

विक्की राजस्थानी पगडीमा देखिएका छन् भने सारालाई कुर्था सुरूवालमा देखिएकी छन्। उनीहरूले उक्त परिवारसँग बसेर खान पनि खाएका थिए।

विक्कीले इन्स्टाग्राममा केही तस्बिर र भिडिओ सार्वजनिक गर्दै लेखेका छन्, ‘गसिप सेशन सहपरिवार! १७० सदस्य भएको परिवार.. जति ठूलो परिवार उति ठूलो दिल।’

लक्ष्मण उतेकरले निर्देशन गरेको फिल्म ‘जरा हटके जरा बचके’ मा दिनेश भिजान र ज्योति देशपान्डेको लगानी छ। फिल्मको कथा मैत्री बाजपाई, रामिज इहाम खान र लक्ष्मण उतेकरले तयार पारेका हुन्।

यो फिल्मलाई मनिष प्रधानले सम्पादन गरेका हुन्। फिल्म जुन २ देखि प्रदर्शन हुनेछ।

यस फिल्ममा सारा र विक्की पहिलो पटक एकसाथ देखिँदैछन्।

१७० सदस्यीय परिवारलाई भेटे विक्की र साराले

१७० सदस्यीय परिवारलाई भेटे विक्की र साराले

१७० सदस्यीय परिवारलाई भेटे विक्की र साराले

Share post:

Recent