चन्द्र भण्डारीसँग ओलीको भेट, के भयो कुराकानी ?

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जलनको घटनापछि पहिलोपटक संसद्मा पुगेका कांग्रेस सांसद चन्द्र भण्डारीलाई भेटेका छन् ।

बुधबार नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी भएपछि सभामुखको कार्यकक्षमा रहेका भण्डारीलाई ओलीले भेटेका हुन् ।

भेटमा सांसद भण्डारीले आफूलाई स्वास्थ्यलाभको कामना गरेकोप्रति आभार व्यक्त गरे ।

“मेरो बारेमा तपाईंले भन्नुभएको सुनेँ, गुल्मीमा पनि बोल्नुभएको सुनेँ ।  गुल्मीबाट पनि स्वास्थ्य लाभको कामना गर्नुभयो । थ्याङ्कयू सो मच,” भण्डारीले ओलीसँग भने ।

Share post:

Recent