ओटिटीमा डेब्यू गर्दै सलमान खान

बलिउड अभिनेता सलमान खान ओटिटीमा डेब्यू गर्दैछन्।

उनले भारतीय रियालिटी शो ‘बिग बोस ओटिटी २’ बाट ओटिटीमा डेब्यू गर्न लागेका हुन्। ‘बिग बोस ओटिटी’ को पहिलो सिजन निर्माता तथा निर्देशक करण जोहरले होस्ट गरेका थिए। दोस्रो सिजनलाई सलमान खानले होस्ट गर्ने भारतीय सञ्चारमाध्यम बलिउड लाइफमा उल्लेख छ।

सलमान खानले ‘बिग बोस ओटिटी २’ को लागि प्रोमो सुट गरिसकेका छन्। यो शाे जुन महिनाको अन्तिमदेखि प्रसारण हुने बताइएको छ। तर निर्माण टिमले यस बारे आधिकारिक जानकारी दिएका छैनन्।

त्यस्तै सलमान एक वेब सिरिज गर्ने तयारीमा छन्। ‘सलमानलाई ओटिटी वेब सिरिजको अवधारणा मनपर्छ। उनी एक्सन वेब सिरिज गर्ने तयारीमा छन्। अहिले सबै कुरा प्रारम्भिक चरणमा छ,’ सलमानका नजिकका साथीले भने।

सलमान फिल्म ‘टाइगर ३’ प्रदर्शनको पखाईमा छन्। पछिल्लो समय उनको फिल्म ‘किसिका भाइ किसिकी जान’ प्रदर्शन भएको थियो। तर फिल्मले बक्स अफिसमा राम्रो प्रदर्शन गर्न सकेन। १८० करोड लगानीमा बनेको फिल्मले भारतीय बक्स अफिसमा १०९ करोड २९ लाख कमाएको छ।

फरहाद सम्जीले निर्देशन गरेको फिल्म ‘किसीका भाइ किसीकी जान’ मा सलमान खान, पूजा हेगडे, दग्गुबती वेंटकेश, राघव जुयाल, शहनाज गिल, पलक तिवारी, जस्सी गिल, सिद्धार्थ निगमलगायत कलाकारको अभिनय छ। फिल्मको कथा सलमानले तयार पारेका हुन्।

Share post:

Recent