अनलाइन गेममा हारेपछि ७ बोतल रक्सी सिनित्तै, केहीबेरमै गयो ज्यान

काठमाडौं । सोसल मिडियामा चर्चा कमाउनका लागि मानिसहरुले अनेक खालका हर्कत देखाउँछन् । तर कहिलेकाहिँ अति गर्दा खति हुन्छ भनेझैँ सोसल मिडियाको स्टन्टले ज्यानै समेत लिने गरेका घटना प्रसस्तै छन् ।

हालै एउटा यस्तै घटना भएको छ । लाइभ भिडियोमा एकपछि अर्को गर्दै लगातार ७ बोतल रक्सी पिएका ती व्यक्तिको केहीबेरमै मृत्यु भयो । सोसल मिडियामा राम्रै संख्यामा फलोअर्स भएका ती व्यक्तिले केवल आफ्ना तिनै फलोअर्सलाई देखाउनका लागि ७ बोतल रक्सी सिनित्त पारेका थिए । ।

यो घटना चीनको हो । डेलीस्टारको रिपोर्ट अनुसार ३४ वर्षका वांग नामका ती व्यक्ति चिनियाँ सोसल साइटहरुमा निकै प्रसिद्ध थिए । शर्ट भिडियो एप डोइनमा उनका हजारौँ फलोअर्स थिए भने अन्य प्लाटफर्ममा पनि उनका फलोअर्सको कमी थिएन । उनी प्रायः आफ्ना सोसल मिडिया अकाउन्टमा यसअघि पनि रक्सी पिएका भिडियोहरु राख्ने गर्दथे । हालै उनले त्यही काम गरे, तर दुर्भाग्यवस उनको मृत्यु भयो ।

वांगले गत मंगलबार एक लाइभस्ट्रिमका क्रममा ७ बोतल द्यबष्वष्ग मदिरा पिएका थिए । त्यसको केही घण्टापछि उनलाई मृत अवस्थामा फेला पारिएको थियो । वांगले जुन मदिरा पिएका थिए त्यसमा अल्कोहलको मात्रा ६० प्रतिशतसम्म थियो । सोसल मिडियामा रक्सी पिउने स्टन्टका कारण ज्यान गुमाएका वांग अहिले चिनियाँ सोसल मिडियामा चर्चाको विषय बनिरहेका छन् । प्रयोगकर्ताहरुले लाइभस्ट्रिमलाई नियमन गर्न कडा नियम बनाउनुपर्ने माग समेत गरेका छन् ।

Share post:

Recent