१२ करोडमा बनेकाे फिल्म ‘२०१८’ ले कमायो १४३ करोड

दक्षिण भारतीय फिल्म ‘२०१८’ बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ।

सानो बजेटमा बनेको मलयालम फिल्मले २० दिनमा विश्वभरबाट १४२ करोड ७५ लाख भारू कमाएको छ भने केरलबाट मात्रै ७२ करोड कमाएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार यो फिल्म १२ करोड बजेटमा बनेको हो।

मलयालम भाषामा फिल्मले राम्रो कमाइ गरेसँगै हिन्दी, तमिल र तेलुगू भाषामा पनि प्रदर्शन गर्ने तयारी गरिएको छ।

यो फिल्म केरल बाढीमा आधारित छ। फिल्ममा बाढीबाट बच्न मानिसहरूले गरेको संघर्षलाई देखाइएको छ। फिल्ममा टोविनो थोमस, कुंचाको बोबन, आसिफ अली विनीत श्रीनिवासन, अपर्णा बालमुरली, तन्वीलगायत कलाकारको अभिनय छ।

काव्या फिल्म कम्पनी र पिके प्राइम प्रोडक्सनको ब्यानरमा बनेको फिल्ममा तले वेणु कुन्नाप्पिली, सिके पद्मकुमार र एन्टो जोसेफको लगानी छ।

Share post:

Recent