सप्तरीमा करेन्ट लागेर एक विद्यार्थीको मृत्यु, घटनाको विरोधमा प्रदर्शन

१२ जेठ, जनकपुरधाम। सप्तरीमा करेन्ट लागेर एक विद्यार्थीको मृत्यु भएको छ। मृत्यु हुनेमा राजविराजस्थित शिव इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा कक्षा १० मा अध्ययरत १५ वर्षीय पेसलानन्द यादव छन् ।

राजगढ गाउँपालिका-१ झुटकी बस्ने लक्ष्मणप्रसाद यादवका छोरा पेसलानन्दको विद्यालयमै बिजुलीको तारमा हुकिङ्ग गर्ने क्रममा ११ हजारको भोल्टको तारमा छुइएर सिकिस्त घाइते भएका थिए। शुक्रबार विद्यालयले नियमित रूपमा खेदकुद प्रतियोगिता आयोजन गर्दै आएको छ ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लगेपछि चिकित्सकले बिहान ८:३५ बजे मृत घोषणा गरेको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी नरेश कुमार सिंहले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको उनले बताए।

विद्यालयले नै विजुलीको तारमा हुकिंग गर्न भनेपछि उक्त घटना भएको भन्दै विद्यार्थीहरु छानबिन र क्षतिपूर्तिको माग गर्दै केही बेर सडक जाम र टायर बालेर गरेर प्रदर्शन गरेका थिए । अहिले अवस्था साम्य भएको डिएसपी सिंहको भनाइ छ।

Share post:

Recent