खोटाङमा हावाहुरीले विद्यालयको छाना उडायो, पठनपाठन प्रभावित

१२ जेठ, काठमाडौं। वर्षासँगै आएको हावाहुरीले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका-४ बतासेस्थित महेन्द्रतारा आधारभूत विद्यालयको छाना उडाएको छ।

बिहीबार साँझ परेको भारी वर्षासँगै आएको हावाहुरीले कक्षा ८ सम्म पढाइ हुँदै आएको विद्यालयको दुईवटा भवनको जस्तापाताको छाना पूर्णरूपमा उडाएको हो ।

Share post:

Recent