एमाले अध्यक्ष ओली भन्छन्- लोभ, पाप र अहंकारले बिगार्छ

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लोभ, पाप र अहंकारले बिगार्ने भन्दै यसबाट सचेत रहन निर्वाचित जनप्रतिनिधिहरूलाई निर्देशन दिएका छन्।

शुक्रबार पार्टी मुख्यालय च्यासलमा आयोजित एमालेका तर्फबाट निर्वाचित महानगरका उपमेयर, उपमहानगर– नगरपालिकाका मेयर, उपमेयर र गाउँपालिकाहरूका अध्यक्ष उपाध्यक्षहरूको अनुशिक्षणमा उनले आफ्नो भूमिका चिनेर कार्यसम्पादन गर्न निर्देशन दिए।

‘हामी पाँच जनाले कार्यपत्र प्रस्तुत गर्‍यौं, हाम्रोभन्दा उसको राम्रो भन्न नसक्ने, हाम्रोभन्दा परिपूर्ण थियो, वस्तुगत थियो भन्न नसक्ने, त्यो खालको प्रवृत्ति छ हाम्रो,’ उनले जनप्रतिनिधिहरूलाई भने, ‘मैले सधैं भन्ने गरेको छु, हामी सर्वसाधारण नागरिक मात्र होइनौं, नागरिक मात्रै नागरिक हुँदा बेग्लै हुन्छ, जिम्मेवारी नभएकाले जानेन कि भन्न पनि मिल्छ। हामी जनप्रतिनिधि हौं भने, नेता हौं भने जनतासँगको व्यवहार, उत्तरदायित्व र देशप्रति बफादार हो भने निष्ठापूर्वक काम गर्नुपर्छ।’

देशप्रति बफादार हुने निष्ठामा नचुक्ने पनि बताए। नागरिकप्रति कर्तव्यनिष्ठ हुन पनि उनले सुझाए।

उनले जनप्रतिनिधिहरूको बोली, आचरणमा संवेदनशील हुनुपर्ने, टेलिफोनमा कुराकानी गर्दा पनि मैत्रीपूर्ण भावमा प्रस्तुत हुनुपर्ने पनि बताए।

Share post:

Recent