चर्चित संगितकार सन्दिप सरदारको ‘प्रेम के बर्षा’ सार्वजनिक (भिडियो)

काठमाण्डौँ । मैथिलीका चर्चित गायक तथा संगीतकार सन्दिप सरदारको ‘प्रेम के बर्षा’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । सरदारले हालसालै आफ्नो अफिसियल युट्युव च्यानल मार्फत उक्त गीत सार्वजनिक गरेका हुन् ।

सन्दिपको शब्द तथा संगित रहेको उक्त गीतमा गायिका सुमिका सरदारले स्वर दिएकी छिन् । सुमिका पनि पछिल्लो समय मैथिली समाजमा चर्चित गायिकाको रुपमा स्थापित छिन् ।

गीतले मैथिली समुदायका युवायुवतीहरुको मन तान्ने निश्चित देखिएको छ । सन्दिप सानै उमेरमा मैथिली तथा थारु समुदायको गीतमा संगितकारका रुपमा निकै चर्चित रहेका छन् ।

 

Share post:

Recent