दिल्लीको एम्स अस्पतालमा आगलागी

भारतको राजधानी दिल्लीको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स) मा  सोमबार बिहान आगलागी भएको छ।

समाचार एजेन्सी एएनआईका अनुसार एम्सको एन्डोस्कोपी रुममा आज करिब १२ बजेतिर आगलागी भएको हो।

दिल्ली फायर सर्भिसले आगलागीकाे एक घन्टामै आगो नियन्त्रणमा ल्याएकाे जनाएकाे छ।

आगलागीको कारणबारे जानकारी आउन सकेको छैन। आगलागीबाट कुनै क्षति भए नभएको पनि जानकारी आएको छैन।

Share post:

Recent