अमेरिकी राष्ट्रपति बाइडेनलाई धम्की दिने व्यक्ति एफबीआईबाट मारिए

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई फेसबुकबाट धम्की दिँदै आएका एक व्यक्ति मारिएका छन् । अमेरिकाको गुप्तचर निकाय एफबीआईको टोलीले गोली हानेर उनको ज्यान लिएको बीबीसीले जनाएको छ ।

एफबीआईको टोलीले क्रेग रोबर्टसन नामक व्यक्तिलाई युटाहस्थित उनकै घरमा गोली हानेर मारेको हो ।

रोबर्टसनले फेसबुक वालमा बाइडेन र बन्दुकका तस्बिर राख्दै मार्ने धम्कीसहितका स्टाटस राखेको बताइएको छ ।

Share post:

Recent