नेपालमा डेङ्गी सङ्क्रमितको संख्या १० हजार नाघेको छ

काठमाडाै‌ – नेपालमा डेङ्गी सङ्क्रमितको संख्या १० हजार नाघेको छ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्याङ्क अनुसार, नेपालमा यस वर्ष १० हजार ७ सय २६ जनालाई डेङ्गी रोग लागेको छ ।महाशाखाका अनुसार, रोग ७४ जिल्लामा फैलिएकाे छ  । डेंगीबाट अहिले सम्म सात जनाकाे ज्यान गइसकेकाे  छ। महाशाखाका निर्देशक डा. रुद्रप्रसाद मरासिनीले डेङ्गी सङ्क्रमण बढ्नुकाे कारण लगातार परिरहेको पानी र सरसफाइमा ध्यान नदिनु बताए।

उनले डेङ्गी सङ्क्रमण बढ्दै जाने हो भने भदौ र असोजमा निक्कै उच्च हुने बताए। सन् २०२२ मा नेपालमा ५४ हजार ७८४ जनामा सङ्क्रमण हुँदा ८८ जनाको ज्यान गएको थियो।

Share post:

Recent