११ साउन, काठमाडौं । अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले फेरि पनि ब्याजदर बढाएर २२ वर्षयताकै उच्च बनाएको छ ।
यसपटक फेडले २५ आधार अंक (० दशमलव २५ प्रतिशत विन्दु)ले ब्याजदर बढाएर ५.२५ प्रतिशतदेखि ५.५० प्रतिशतको रेञ्जमा पुर्याएको छ । अमेरिकामा मूल्यवृद्धि आकाशिन थालेपछि २०२२ को सुरुवातदेखि नै फेडले ब्याजदर बढाउन थालेको हो । त्यसयता एघारौं पटकको ब्याजदर बढाएर फेडले ५ दशमलव ५ प्रतिशत पुर्याएको हो ।